Nic Ad Nic Ad
Nic Ad Nic Ad

ज्ञानेन्द्रले गणतन्त्र मानिसके, केपी ओलीले मान्न बाँकी छ : सुनिल लम्साल, बालेनका सल्लाहकार

सोमबार, फागुन २६, २०८१

काठमाडौ - काठमाडौ  महानगरपालिकाका मेयर बालेन  सचिवालयका सुनिल लम्सालले अन्तिम राजाले गणतन्त्र मानिसकेको तर केपी ओलीले मान्न बाकी रहेको बताएका छन् । उनी भन्छन् राजा सामन्य नागरिक भइसकेकाले  शिर्ष नेताले रोइलो गर्नुपर्ने कुनै कारण छैन ।  

samridhi jewllers

सत्ताको नेतृत्व भन्दा असक्षम हो गणतन्त्र होईन भन्दै सामाजिक संजालमा लेखेका छन् ।

उनले यस्तो लेखेका छन् 
 राजा सामान्य नागरिक भइसके । राजावादीले जे सुकै गरून्, प्रधानमन्त्री र शीर्ष नेताहरुले रोइलो गर्नु पर्ने त केही छैन । तिमीहरू पूर्वराजालाई धेरै भाउ दिएर राजावादीहरु धेरै उफ्रिरहेका हुन् । तिमीहरूको असक्षमताले त्यसमा झन् मलजल गरिरहेको छ ।

सत्ताको नेतृत्व गर्ने तिमीहरू असक्षम हौ भन्नेमा दुईमत छैन । तर गणतन्त्र असक्षम हैन । जनतामा आशा जाग्ने काम गर, नत्र नेतृत्वको हस्तान्तरण गर । असल काम गर्नु तिमीहरूको ल्याकतको बिषय होइन रहेछ ।

कुनै समयमा राजा भएकाले त गणतन्त्र र संघीयता आत्मसाथ गरिसके तर केपी ओलीले गर्न बाँकी छ । उहाँमा पनि छिटै बुद्धि पलाओस्, शुभकामना ।

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १५:४७
प्रतिक्रिया दिनुहोस्