डाक्टरको लापरवाहीले श्रीमती गुमाएर न्यायको खोजीमा भौतारीएका सुवास पराजुली
काठमाडौ - सुवास पराजुली न्यायको खोजीमा भौंतारीरहेका छन । डाक्टरको लापरवाहीले गर्दा २ पुसमा सुवासकी श्रीमती मनिता पराजुलीले ज्यान गुमाईन । यतिखेर एक्लो बुबा र शोकाकुल श्रीमानका रूपमा सुवास न्यायका लागि संघर्ष गरिरहेकाछन् ।
मंसिर २५ गते गर्भवती मनिताको पेटको माथिल्लो भागमा असह्य पीडा हुन थाल्यो । डा. ज्योत्स्ना शर्मासँग नियमित चेकजाँच गराईरहेका उनीहरुले डा. शर्मालाई सम्पर्क गरे । तर, डा. शर्माको फोन उठेन । त्यसपछि उनीहरु डा. शर्माले काम गर्ने अस्पताल काठमाडौं मेडिकल कलेज (केएमसी) पुगे । तर, डा. शर्माले उनीहरुलाई बानेश्वरको एभरेस्ट अस्पतालमा बोलाईन् ।
दिउँसो २ः१५ बजे अस्पताल पुगेपछि मनिताका विभिन्न परीक्षणहरू गरियो । परीक्षणले बच्चा स्वस्थ रहेको देखाए पनि, एम्नियोटिक तरल पदार्थ कम भएको र बच्चा उल्टो अवस्थामा रहेको रिपोर्ट आयो । डाक्टरहरूले सिजेरियन गर्ने निर्णय गरे ।
सन्तान जन्मियो तर डाक्टरको लापरवाहीले गर्दा मनिताको ज्यान गएको सुवास पराजुली बताउछ्न ।
साँझ ५ः३० बजे छोरीको जन्म भयो । बच्चा स्वस्थ रहँदा पनि, मनिताले जस्तै पेट दुखिरहेको गुनासो गरिरहेकी थिइन् ।
सात बजेतिर उनको स्वास्थ्य झन् बिग्रियो । उनलाई झट्का जस्तो लक्षण देखिन थाल्यो, चेतनाहीन अवस्थामा पुगिन् र शरीर असामान्य रूपमा तन्किन थाल्यो । अस्पतालले तत्काल म्याग्नेसियम सल्फेट लगाइदियो ।
तर अवस्था सुधार भएन । झनै गम्भीर भएपछि उनलाई राति नै क्ष्ऋग् सारियो । भोलिपल्ट बिहान, मनिताको अत्यन्त जटिल बन्दै गयो, उनलाई अन्ततः HAMS Hospital रिफर गरियो । HAMS Hospital पुर्याउँदासम्म मनिताको मल्टिपल ओर्गान फेल भईसकेका थिए । यही अवस्थामा २ पुसमा उनले ज्यान गुमाईन ।
कहाँ भयो लापरवाही ?
मनितालाई HELLP Syndrome भएको थियो । उच्च रक्तचाप भएका गर्भवती महिलामा यस्तो समस्या देखिन्छ । HELLP Syndrome का विभिन्न कारण मध्ये उच्च रक्तचाप प्रमुख हो । डा. ज्योत्सना शर्मालाई मनिताको उच्च रक्तचापको अवस्थाबारे पहिले नै जानकारी थियो ।
HELLP Syndrome को अवस्थामा माथिल्लो पेट(कलेजो भएको स्थान)को दुखाइ, टाउको दुखाइ, थकान वा कमजोरी, आँखामा धमिलो देखिनु, उच्च रक्तचाप, हातगोडा वा अनुहार सुन्निनु, नाक वा गिजाबाट रगत बग्ने, सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिन्छन् ।
यी मध्ये मनितालाइ तीन वटा लक्षण देखिएका थिए । पहिलो माथिल्लो पेटको दुखाइ, दोस्रो उच्च रक्तचाप र तेस्रो टाउको दुखाइ ।
मनिताको यो अवस्था जानकार हुँदा हुँदै पनि डा. शर्माले उनको उपचार गरिनन् । समयमै उपचार नगर्दा भर्खरै जन्मेकी छोरीलाई दुध समेत खुवाउन नपाएर मनिताको ज्यान गएको उनका सुवास पराजुली बताउछ्न ।
HELLP Syndrome जटिल बनेपछि multiple organ failure हुन्छन ।
सुवासले मनिताको उपचारमा प्रयोग भएका औषधी र उपचार प्रक्रियाबारे डा. शर्मा र अस्पतालसँग जानकारी मागेका थिए । तर, डा. शर्मा र अस्पतालले उनलाई जानकारी दिएको छैन् ।
यो घटनाले स्वास्थ्य प्रणालीको पारदर्शिता र जबाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ । अब सुवासले न्याय पाउँछन् त ? सुवासको न्यायका लागि हामीले आवाज उठाउनुपर्छ ।