प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन्। बैठक आज साँझ ७ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ।
बैठकमा मन्त्रालयहरूबाट प्रस्तुत गरिएका नियमित प्रस्तावमाथि छलफल तथा निर्णय हुनेछ। साथै, केही प्रशासनिक तथा राजनीतिक विषयमा समेत थप छलफल र निर्णय हुने सम्भावना रहेको प्रशासन विशेष स्रोतले जनाएको छ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका साथै समसामयिक विषयहरूबारे पनि समीक्षा हुने जनाइएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१ १७:४७
प्रतिक्रिया दिनुहोस्