Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा चार विधेयक प्रमाणित

सोमबार, फागुन २६, २०८१

काठमाडौँ- राष्ट्रिय सभामा उत्पत्ति भएका ४ वटा विधेयक राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रमाणित गरेका छन् ।

samridhi jewllers

अध्यक्ष दाहालले प्रमाणित गरेका विधेयकहरूलाई प्रमाणीकरणका लागि मंगलबार राष्ट्रपतिकहाँ पठाइनेछ ।

संविधानको धारा ११३ को उपधारा (१) बमोजिम राष्ट्रिय सभा अध्यक्षले प्रमाणित गरी धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश गर्नुपर्दछ ।

राष्ट्रिय सभा अध्यक्ष दाहालले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०, विद्युतीय व्यापार विधेयक, २०८०, विधायनसम्बन्धी विधेयक, २०८० र ४० भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक प्रमाणीकरण गरेका हुन् ।

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १७:५२
प्रतिक्रिया दिनुहोस्