काठमाडौंका यी स्थानमा दुई महिनाका लागि निषेधाज्ञा (सूचनासहित)
काठमाडौं- काठमाडौं जिल्लाका केही क्षेत्रमा दुई महिनासम्मका लागि निषेधाज्ञा जारी भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले केही स्थानमा दुई महिनाका लागि निषेधाज्ञा जारी गरेको हो ।
कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अति विशिष्ट व्यक्तिहरूको निवास तथा मुख्य प्रशासनिक केन्द्र र त्यस आसपासका ठाउँमा पाँच जनाभन्दा बढी भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा लगायतका विरोधका कार्यक्रम गर्न नपाइने गरी जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासनले आइतबार (फागुन २५) गतेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको बताएको छ ।
‘यी स्थानमा अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा लगायतका विरोधका कार्यक्रम आयोजना गर्दा उत्तेजित भीडबाट तोडफोड, आगजनी जस्ता उश्रृंखल तथा अवाञ्छित गतिविधि हुन सक्ने र आपसी मुठभेड, भिडन्त एवम् हुलदङ्गा वा अशान्ति भई अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह, सार्वजनिक यातायात, सार्वजनिक सम्पत्ति र समग्र शान्ति सुरक्षामा गम्भीर असर पर्न जाने अवस्था तथा अन्तर्राष्ट्रिय अभ्यास र यसअघि सम्मानित अदालतबाट भएको आदेश एवम् फैसला समेतलाई मध्यनजर गरी जिल्ला सुरक्षा समिति काठमाडौंको सिफारिस समेतका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम विगतदेखिकै निरन्तरताको रुपमा निषेधाज्ञा आदेश जारी गरिएको छ,’ जिल्ला प्रशासन कार्यालयको सूचनामा भनिएको छ ।
निषेधाज्ञा जारी गरिएका स्थानहरु