सात महिनामा प्रदेश सरकारको खर्च करिब ५२ अर्ब
काठमाडौँ- प्रदेश सरकारहरूले सात महिनामा करिब ५२ अर्ब रुपैयाँ बराबर खर्च गरेका छन् ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१-८२ को समग्र आर्थिक तथा वित्तीय अवस्था अनुसार माघसम्म ७ प्रदेश सरकारले ५१ अर्ब ९० करोड रुपैयाँ बराबर खर्च गरेका हुन् । त्यति खर्च गर्दा प्रदेश सरकारहरूको स्रोत परिचालन १ खर्ब १ अर्ब ८९ करोड रुपैयाँ देखिएको छ ।
राष्ट्र बैंकका अनुसार प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्व समेत गरी ८० अर्ब ९४ करोड र प्रदेश सरकारहरूले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व २० अर्ब ९५ करोड रुपैयाँ छ ।
प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१ १९:०१
प्रतिक्रिया दिनुहोस्