सरकारले चाहेकै दिन पूर्वराजालाई नागार्जुनबाट पनि गलहत्याउन सक्छ- सिटौला
धनगढी - नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्ण सिटौलाले पूर्वराजा ज्ञानेन्द्रलाई सरकारले चाहेकै दिन नागार्जुनबाट पनि गलहत्याउन सक्ने बताएका छन् । सोमबार कांग्रेस सुदूरपश्चिम प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले पूर्वराजाको गतिविधिबाट आत्तिनुपर्ने अवस्था नरहेको बताएका हुन् ।
नेता सिटौलाले आफूले नै पूर्वराजालाई नारायणहिटीबाट विदा गरेको बताउँदै चाहेकै दिन त्यहाँबाट पनि सरकारले गलहत्याउन सक्ने चेतावनी दिए । उनले भने- ‘म आफैं बिदा गर्न गएको हुँ । राम्रै सम्झाएको हुँ । सरकारको निर्णयले नागार्जुन निवास उहाँलाई तत्काल बस्न दिएको हो । सरकारले चाहे हटाइदिन सक्छ ।'
पूर्वराजाबारे चर्चा गर्न आवश्यक नै नरहेको उनले बताए । नेता सिटौलाले १५-२० हजार मान्छे सडकमा उत्रिनुलाई ठूलो कुरोको रुपमा लिन नहुने बताए ।
प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१ १९:२९
प्रतिक्रिया दिनुहोस्