Nic Ad Nic Ad
Nic Ad Nic Ad

माटोको ढिस्को खस्दा दुई जनाको मृत्यु

सोमबार, फागुन २६, २०८१
samridhi jewllers

अछाम- अछाममा माटोको ढिस्कोमा पुरिएर दुई महिलाको मृत्यु भएको छ ।

जिल्लाको मंगलसेन नगरपालिका-९ ओली गाउँको रातोमाटेमा आज दिउँसो माटोको ढिस्कोमा परी सोही नगरपालिका-८ सुतुडा निवासी २७ वर्षीया देउरुपा बोहरा र २३ वर्षीया विनीता बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।

घर लिप्न माटो खन्ने क्रममा ढिस्कोले पुरिदा दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतक दुवैको शव स्थानीय र प्रहरीको सहयोगमा माटोको ढिस्कोबाट निकालिएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  २०:२५
प्रतिक्रिया दिनुहोस्