Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाल हङकङ चाइनासँग दुई रनले पराजित

सोमबार, फागुन २६, २०८१

काठमाडौँ - नेपाल हङकङ चाइनासँग २ रनले पराजित भएको छ ।  

samridhi jewllers

युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज अन्तर्गत हङकङले दिएको १०१ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउदै ९८ रन मात्र बनाएपछि नेपालले खेल २ रनले हारेको थियो ।

नेपालका लागि कप्तान इन्दु बर्माले सर्बाधिक ३२ रन बनाएकी थिइन् भने पुजा महतोले १९ बिन्दु रावलले १४ र साना प्रविनले १० रन बनाएकी थिइन् । 

यस अघि टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाउदै १०० रन बनाएको थियो । हङकङका लागि कप्तान नताशा माइल्सले सर्बाधिक ३५ रन बनाएकी थिइन् भने मारिको हिलले २१ रन बनाएकी थिइन् ।  

त्यस्तै नेपाली बलर इन्दु बर्मा र इश्वरी विष्टले २-२ विकेट लिए भने पुञ्ज महतो र रचना चौधरीले एक एक विकट लिएका थिए ।   

यस सिरिजमा नेपालले खेलेका ३ खेलमा एक जित र २ हार बेहोरेको छ । त्यस्तै हङकङले भने ३ खेलमा २ जित र एक हार बेहोरेको छ ।

नेपालले अर्को खेल मार्च १२ मा नामिबियाविरुद्ध, मार्च १३ मा युगाण्डाविरुद्ध र मार्च १४ मा हङकङविरुद्ध खेल्ने तालिका रहेको छ ।

त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ ।   

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  २०:३५
प्रतिक्रिया दिनुहोस्