स्थायी लेखा नम्बर अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह, कसरी गर्ने ?
काठमाडौं- एनआईसी एशिया बैंकले खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न ग्राहकहरूलाई आग्रह गरेको छ ।
लाखौं ग्राहकसमक्ष गतिशील बैंकिङ्गको अभ्यास गरिरहेको एनआईसी एशिया बैंकले ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न आग्रह गरेको हो ।
बैंकका ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले अद्यावधिक गर्न बैंकले अद्यावधिक गर्न आग्रह गरेको हो ।
बैंकको पोर्टल panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ्ग एप (NIC ASIA MoBank) मा रहेको “PAN Update” विकल्पमा ट्याब गरी आफ्नो प्यान अद्यावधिक गर्न सकिने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले बताए ।
साथै ग्राहकहरूले आफूलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अध्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको प्रमुख सूचना अधिकारी खनियाले जानकारी दिए ।
बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई इटिडिएस रेकर्डमा जनाउनको लागि प्यान अत्यावश्यक रहेको बैंकको भनाई छ ।
उक्त प्यान अद्यावधिक भएपश्चात् करकट्टीको विवरण इटिडिएस (E-TDS) सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने छ ।
करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य गर्ने बैंकले विश्वास लिएको छ ।
ग्राहकले प्यान अद्यावधिक नगराएको कारणले इटिडिएसमा ब्याजकर दाखिला नभएको अवस्थामा र त्यसपछि ब्याज करमा थप समायोजन गर्नुपरेको अवस्थामा बैंक जिम्मेवार नहुने व्यहोरा समेत बैंकले सम्पूर्ण ग्राहकहरुमा जानकारी गराएको छ ।
यसअघि बैंकलाई प्यान उपलब्ध गराएर पनि करकट्टीको विवरण समावेश नभएमा बैंकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रमा सम्पर्क गरी सेवा लिन बैंकले आग्रह समेत गरेको छ ।