गणतन्त्रको जग हल्लिएछ ,गणतन्त्र कमजोर छ भन्ने निषेधाज्ञाले प्रमाणित गर्यो : राजेन्द्र लिङ्देन
काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञाको निर्णय गरेपछि गणतन्त्रको जग हल्लिएको प्रतिक्रिया दिएका छन् । सोमबार राति अध्यक्ष लिङ्देनले सामाजिक सञ्जालमार्फत सो प्रतिक्रिया दिएका हुन् ।
उनले सामाजिक सञ्जालमा काठमाडौँ जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाको पत्र पोष्ट गर्दै लेखेका छन्- ‘गणतन्त्रको जग हल्लिएछ : गणतन्त्र कति कमजोर छ भन्ने यो निषेधाज्ञाले प्रमाणित गर्यो ।’
जिल्ला प्रशासन कार्यालय काठमाडौँले फागुन २५ गते आइतबारदेखि लागू हुने गरी भीभीआइपी र भीआइपीहरुको ओहोरदोहोर हुने, वासस्थान लगायतका क्षेत्रमा २ महिने निषेधाज्ञा जारी गरेको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१ ०६:५५
प्रतिक्रिया दिनुहोस्