Nic Ad Nic Ad
Nic Ad Nic Ad

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

मंगलबार, फागुन २७, २०८१

काठमाडौँ -  हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भू-भागमा आंशिकदेखि बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । 

samridhi jewllers

दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। कोशी, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ। 

राति कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  ०८:१५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार