तोसिमाको सांसद पद रहने/नरहने फैसला आज
काठमाडौं - ललितपुर क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद डा. तोसिमा कार्कीको पद रहने/नरहने आज (फागुन २७) फैसला हुने सम्भावना छ । पछिल्लोपटक यही फागुन ४ गतेका निम्ति तोकिएको मुद्दाको निसु (निर्णय सुनाइने) आजलाई सारिएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट उमेदवार बनेकी डा. तोसिमाको उमेदवारी निर्वाचन आयोगले खारेज गरिदिएपछि विवाद सर्वोच्च अदालत पुगेको थियो ।
सर्वोच्चले अन्तरिम आदेश दिएपछि चुनाव लड्न पाएकी तोसिमालाई उक्त उमेदवारी खारेजी चर्चाको माध्यम बनेको थियो । उमेदवारी कायम भएपछि उनी ललितपुर–३ बाट निर्वाचित भएकी थिइन् ।
गएको पुस २५ देखि डा. तोसिमाको मुद्दा न्यायाधीश डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासमा पर्दै आएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१ १०:३३
प्रतिक्रिया दिनुहोस्