Nic Ad Nic Ad
Nic Ad Nic Ad

डा. बाबुराम भट्टराईको फेसबुक पेज ‘ह्याक’

मंगलबार, फागुन २७, २०८१
samridhi jewllers

काठमाडौं- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको फेसबुक ‘ह्याक’ भएको भएको छ ।

पेज ह्याक गरी फेसबुकबाट भ्रामक टिप्पणी भइरहेको र पेजको सुरक्षाका लागि काम भइरहेको उनको सचिवालयले जनाएको छ । सोमबारदेखि भट्टराईको आधिकारिक फेसबुकमार्फत विभिन्न आपत्तिजनक कमेन्टहरू आउने क्रम जारी रहेपछि सचिवालयले पेज ह्याक भएको र फिर्ता ल्याउने प्रयास भइरहेको जनाएको हो ।

सचिवालयले भनेको छ, ‘डा. बाबुराम भट्टराई ज्यूको आधिकारिक फेसबुक पेज ह्याक गरी अनोनिमस समूहले अनावश्यक तथा भ्रामक टिप्पणीहरू गरेका छन् । हाल उहाँको आईटी टोली उक्त पेजको सुरक्षा प्रणालीलाई पुनःस्थापित गर्ने कार्यमा जुटिरहेको छ । यसै सन्दर्भमा, डा. भट्टराईसम्बन्धी भ्रामक समाचारहरूमा विश्वास नगर्न सबैमा आग्रह गरिन्छ ।’

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १३:४२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार