सरकारका बेथितिले व्यवस्थाप्रतिको मोह भङ्ग बढ्यो : प्रचण्ड
काठमाडौं- प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारका बेथितिका कारण व्यवस्थाप्रति जनताको मोह भङ्ग हुने क्रम बढेको बताएका छन् ।
संसद्मा विशेष सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘सरकारको बेथिति, अविवेक र असफलताले जनतामा व्यवस्थाप्रति नै मोहभंग बढाएको छ,’ उनले भने ।
सरकारको गलत क्रियाकलापविरुद्ध र लोकतन्त्रको रक्षा र प्रतिगमी षड्यन्त्रविरूद्ध जुध्नुपर्ने बेला आएको उनले बताएका छन् । ‘इतिहासका विभिन्न कालखण्डका गौरवपूर्ण बलिदानबाट प्राप्त जनताका उपलब्धिमाथि अहिले प्रतिगमन र प्रतिक्रान्तिको तरबार चलाउने सपना देखिँदैछ । जनताको बलिदानपूर्ण लामो सङ्घर्षबाट प्राप्त उपलब्धिलाई उल्ट्याउने कोशिस गरिँदैछ । सरकारका गलत क्रियाकलापविरूद्ध लोकतन्त्रको लडाइँ लड्नुपर्ने भएको छ । अर्कोतिर प्रगितगामी षड्यन्त्रविरूद्ध जुध्नुपर्ने छ,’ उनले भने ।
मुलकमा आठ महिना अघिसम्म असन्तोष नभएको भन्दै उनले सकारकै कारणले नागरिकमा असन्तोष बढेको आरोप लगाए ।