Nic Ad Nic Ad
Nic Ad Nic Ad

नक्कली भुटानी शरणार्थी गंगामा धुनुभयो, फोहोर लोकतन्त्र भयो : प्रचण्ड

मंगलबार, फागुन २७, २०८१

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिजोका राजा महाराजाले जस्तो पुरै सडक खाली गराएर सवारी चलाउने सनक चढेको बताएका छन् ।

samridhi jewllers

मंगलबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले लोकतन्त्रले ओलीकोजस्तो राजसी ठाँट स्वीकार गर्छ भन्दै प्रश्न समेत गरेका हुन् । 

उनले सत्तारुढ पार्टीका कार्यकर्ताले वर्दिधारीलाई कुट्ने गर्दा लोकतन्त्रप्रति भरोसा राख्छ कि वितृष्णा भन्दै हेक्का राख्न आग्रह गरे । उनले सबै जनताको सघन निगरानीमा रहेको भन्दै पछिल्ला आठ महिनामा लोकतन्त्रलाई गंगा नदीजस्तो बनाइदिएको बताए ।


 ‘एकअर्कालाई चोख्याएर नक्कली भुटानी शरणार्थी धुनुभयो गंगामा । तर फोहोर भयो लोकतन्त्र । बालमन्दिर धुनुभयो, फोहोर थुप्रियो, त्रिविका काण्ड धुनुभयो तर मैले लोकतन्त्रमा देखियो’, प्रचण्डले भने, ‘हामी सबैले आत्मसमीक्षा गरेर जबाफदेही भएनौ भने आउने दिन झन् जटिल हुन्छ भनेको थिएँ ।’


उनले सरकारले यो गर्दैछ भन्ने सुने पनि सरकारको दुई तिहाइको घोडा सरकार र मन्त्रीले नचलाएको भन्दै त्यो घोडा बिचौलियाले चलाएका छन् ।

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १४:२४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार