नेभिगेशन
राजनीति

गगन थापाले भने- रिसाएको नागरिक समाजसँग संवाद गरौँ

काठमाडौँ- नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले जनताको असन्तुष्टिलाई समयमै बुझ्नुपर्ने र सचेत रहनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा विशेष समयमा बोल्दै थापाले जनताको असन्तुष्टिलाई केही पनि होइन भन्ने अहंकार कसैले राख्न नहुने बताए ।

‘जनता असन्तुष्ट छन् । त्यो असन्तुष्टिभित्र आक्रोश छ । यसलाई नजरअन्दाज गर्न हुँदैन,’ उनले भने, ‘यहाँ केही पनि भएको छैन, यो केही होइन भन्ने अहंकार हामीले राख्न हुँदैन । जनताको असन्तुष्टिलाई समयमै बुझ्नुपर्छ र सचेत रहनुपर्छ ।’

सांसद थापाले २०६२र०६३ को जनआन्दोलनमा साथ दिएको नागरिक पंक्ति पनि यतिबेला असन्तुष्ट रहेकोले संवाद गर्नु पर्ने सुझाए ।

‘त्यो नागरिकको पंक्ति जो हिजोको २०६२–०६३ को जनआन्दोलनमा हामीसँग उभियो । जसले त्यत्रो परिवर्तनमा हामीलाई साथ दियो । जो आज रिसाएको छ, जो आज असन्तुष्ट छ । जो आज आक्रोशित छ । उनको कुरा सुन्नुपर्छ । उनीहरूसँग संवाद गर्नुपर्छ,’ उनले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति