माओवादीले भन्यो, ‘समस्या सडकमा होइन, सरकारमा छ’
काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले समस्या सडकमा नभएर सरकारमै रहेको बताएका छन् । उनले यसलाई गम्भीर रूपमा समीक्षा गर्नुपर्ने बताएका छन् ।
मंगलबार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै दाहालले राजावादी सलबलाउँदा डराउने अवस्था नभएको तर दलहरूले गम्भीरतापूर्वक भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे ।
‘मुख्य समस्या सरकारमा छ । सहकार्य र संवाद गर्नुपर्छ । बहस गर्नुपर्छ । जनताले व्यवस्थामा प्रश्न उठाएका छैनन् । व्यवस्थामा समस्या छैन । व्यवस्थापनमा समस्या छ’, दाहालले भने, ‘राजावादी सलबलाएका छन् । डराउनुपर्ने छैन । तर हामीले गम्भीरतापूर्वक भूमिका निर्वाह गर्नुपर्छ । मैलिक हकको व्यवस्थापन गर्नुपर्छ । जनतामा आशा जगाउने काम गर्नुपर्छ ।’
उनले नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको सरकारले राम्रो भन्न सकिने अवस्थामा कुनै काम नगरेको पनि बताएका छन् ।