Nic Ad Nic Ad
Nic Ad Nic Ad

फासिस्ट निर्णयमा पुग्यो सरकार, ज्ञानेन्द्रको पक्षमा बोल्दा पर्यटन प्रबर्द्धक बाँस्तोलालाई कारबाही गरियो

मंगलबार, फागुन २७, २०८१
samridhi jewllers

काठमाडौँ - पोर्चुगलको लिजवनका लागि नेपाल सरकारका पर्यटन प्रवर्द्धक रमेशराज बास्तोलालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पदमुक्त गरेको छ।

राजा ज्ञानेन्द्र शाहको शुभकामना सन्देशको समर्थन गर्दै विज्ञप्ति जारी गरेपछि मन्त्रालयले उनलाई २४ घण्टे स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो। तर, प्राप्त स्पष्टीकरण सन्तोषजनक नदेखिएपछि मिति २०८१ फागुन २६ गते मन्त्री स्तरबाट उनलाई जिम्मेवारीबाट हटाउने निर्णय गरिएको हो।

बास्तोलाले आफ्नो फेसबुक पेजमा ‘श्री ५ महाराजाधिराज सरकारको शुभकामना सन्देशको स्वागत तथा ऐक्यबद्धता’ शीर्षकमा विज्ञप्ति सार्वजनिक गरेसँगै मन्त्रालयले यस्तो कार्यलाई नेपाल सरकारको नीति विपरीत गैरजिम्मेवारपूर्ण गतिविधि भन्दै २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो।

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १६:५१
प्रतिक्रिया दिनुहोस्