Nic Ad Nic Ad
Nic Ad Nic Ad

फेरि रविको बचाउमा प्रचण्ड, निलम्बनको विरोध गर्दै भने- ठाउँ-ठाउँमा घुमाएर हुर्मत लिइयो

मंगलबार, फागुन २७, २०८१

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अनुचित ढंगले सांसदबाट निलम्बन गरिएको भन्दै आपत्ति प्रकट गरेका छन् ।

samridhi jewllers

पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले संसद्‍मा उभिएर फेरि एक पटक रविको बचाउमा आफ्ना शब्द खर्चिएका हुन् ।

प्रतिनिधि सभाको बैठकलाई प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा सम्बोधन गर्दै प्रचण्डले सरकारले प्रतिपक्षीको आवाजलाई सदनमा स्पेस नदिन यस्ता गतिविधि गरिरहेको आरोप लगाएका हुन् ।

प्रचण्डले हिरासतमा नभएको नेतालाई सदनमा आउन दिने प्रचलन पहिलादेखि नै रहेको पनि स्मरण गराए । ‘अर्को प्रतिपक्षी दलको नेतालाई अनुचित ढंगले निलम्बन गरिएको छ । यसले लोकतन्त्रप्रतिको जनआस्थामा पारेको प्रभाव आफैं मुल्याङ्कन गर्नुस्’, उनले भने, ‘हिरासतमा नभएको नेतालाई सदनमा आउन दिने प्रचलन हामीले पहिला स्थापित गरिसकेका छौं ।’

त्यस्तै प्रचण्डले रास्वपाका सभापति लामिछानेलाई ठाउँ–ठाउँमा घुमाएर सरकारले हुर्मत लिने काम गरेको पनि जिकिर गरे ।

‘सदनभित्रै बहस गराउँदामात्रै लोकतन्त्र सुदृढीकरण गराउन सकिन्छ’, उनले भने, ‘ठाउँ–ठाउँ घुमाएर हुर्मत लिने कामले लोकतन्त्रलाई सुदृढ गर्दैन । यो कुरा पनि हेक्का रहोस् ।’

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १८:२१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार