नेभिगेशन
राजनीति

गणतन्त्रको सात्तो गयो, ज्ञानेन्द्रविरुद्ध चार दलको प्रदर्शनको निर्णय

काठमाडौं- समाजवादी मोर्चाले आउँदो चैत १५ गते गणतन्त्रको पक्षमा काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । राजावादीको काउन्टरका रूपमा समाजवादी मार्चाले प्रदर्शन गर्न लागेको हो ।

आज बसेको मोर्चाको बैठकले पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै प्रदर्शन तय गरेको हो ।

‘आगामी चैत्र १५ गते काठमाडौंमा गणतन्त्रको पक्ष र प्रतिगामी हर्कतको खिलापमा हजारौं जनताको विरोध प्रदर्शन गर्ने निर्णय भएको छ,’ विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले भने । त्यसअघि आगामी चैत १ गते बिहान वुद्धिजिवी र नागरिक समाजसँग परामर्श र छलफलको कार्यक्रम तय गरिएको छ । यसअघि समाजवादी मोर्चाले चैत्र २४ गते प्रदर्शन गर्ने कार्यक्रम तय गरेको थियो । तर, पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै चैत १५ गते नै उक्त कार्यक्रम तय भएको उनले जानकारी दिए ।

‘चैत्र २४ गते ऐतिहासिक कार्यक्रम गर्ने सोचेको थियो । आगामी चैत्र १५ गते काठमाडौंमा गणतन्त्रको पक्ष र प्रतिगामी हर्कतको खिलापमा हजारौं जनताको विरोध प्रदर्शन गर्ने निर्णय भएको छ,’ उनले भने ।

त्यसअघि आगामी चैत १ गते बिहान वुद्धिजिवी र नागरिक समाजसँग परामर्श र छलफलको कार्यक्रम तय भएको पनि उनले बताए । सोही दिन दिउँसो ३ बजे पत्रकार सम्मेलनमार्फत् जनतालाई अपिल गर्ने कार्यक्रम राखिएको उनले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति