Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्ववियु निर्वाचन : त्रिविका ५५ क्याम्पसमा उम्मेदवारी दर्ता

मंगलबार, फागुन २७, २०८१

काठमाडौँ- चैत्र ५ मा हुने स्ववियु निर्वाचनका लागि त्रिभुवन विश्वविद्यालयका ५५ आंगिक क्याम्पसमा उम्मेदवारी दर्ता भएको छ ।

samridhi jewllers

देशभरका सात क्याम्पसमा उम्मेदवारी दर्ता हुन नसकेको त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याणकारी परिषद्ले जानकारी गराएको छ ।

काठमाडौँ उपत्यकाका चार क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया स्थगित भएको छ । २७ फागुन (आज)का लागि तोकिएको उम्मेदवारको मनोनयन दर्ता उपत्यकाका चार क्याम्पसमा हुन नसकेको परिषद्ले जानकारी गराएको छ ।

विद्यार्थीहरूको विवाद, भर्नाको विषय लगायतका कारणले नेपाल ल, पब्लिक युथ, सरस्वती क्याम्पस र विश्वभाषा क्याम्पसमा उम्मेदवारी दर्ता हुन सकेको छैन । उपत्यकाका अरु क्याम्पसमा भने उम्मेदवारी दर्ता भएको त्रिविले जनाएको छ । 

मधेस २, काठमाडौँका ४ र लुम्बिनीको एक गरी सात क्याम्पसमा उम्मेदवारी दर्ता हुन नसकेको बताइएको छ । 

रोकिएका स्थानमा १५ दिनभित्र गर्नुपर्ने भनिएकाले चैत ५ वरपर निर्वाचन हुने अपेक्षा  गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  २०:४५
प्रतिक्रिया दिनुहोस्