Nic Ad Nic Ad
Nic Ad Nic Ad

धनुषा प्रशासनद्वारा तीन दिनसम्म माँस-मदिरामा प्रतिबन्ध

मंगलबार, फागुन २७, २०८१

काठमाडौँ- १५ दिने ऐतिहासिक मिथिला मध्यमा परिक्रमा जनकपुरधाम आउने अवसरमा प्रशासनले तीन दिनसम्म माँस-मदिरा सेवन तथा खरिद बिक्रीमा प्रतिबन्ध लगाएको छ ।

samridhi jewllers

धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरीयाले एक सूचना जारी गर्दै फागुन २८ गते राति १२ बजेदेखि चैत १ गते मध्यान्हसम्म माँस-मदिराको सेवन तथा खरिद विक्रीमा प्रतिबन्ध लगाएका हुन् ।

मिथिला बिहारीजी र किशोरीजीको डोलासहित मिथिला मध्यमा परिक्रमा फाल्गुन २९ गते जनकपुरधाम प्रवेश गर्नेछ । त्यसको विहानपल्ट नगर परिक्रमा गर्ने चलन छ ।

परिक्रमा र सोको वरिपरि क्षेत्रभित्र माँस-मदिरा विक्री वितरण र सेवन गर्नरगराउन निषेध गरिएको भन्दै सोको पूर्ण परिपालना गर्न प्रजिअ कडरीयाले नगरवासीसँग अपिल गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  २०:५५
प्रतिक्रिया दिनुहोस्