नेपालका लागि भारतका पुर्वराजदूत रन्जित रे ले नेपालको राजालाई लगाए यस्तो आरोप
काठमाडौ - हजारौँ मानिसले काठमाडौँको सडकमा ओर्लेर गरेको राजा ज्ञानेन्द्र शाहको स्वागतले नेपालको वर्तमान राजनीतिक परिदृश्यको एउटा महत्त्वपूर्ण पक्षलाई उजागर गरेको छ।
गहिराइमा विश्लेषण गर्दा निश्चित रूपमा नेपालको राजनीतिक दलहरूको अकर्मण्यता, भ्रष्टाचार र अनैतिक गतिविधिहरूको परिणामस्वरूप यो घटना भएको देखिन्छ।
जनता एकपटक राजतन्त्रलाई अस्वीकार गरेर गणतन्त्रमा प्रवेश गरेको भए पनि अहिलेको राजनीतिक अस्थिरता र नेताहरूको व्यवहारले धेरैलाई निराश बनाएको छ।
यहि बिषयलाई लिएर नेपालका लागि भारतका पुर्वराजदुत रन्जित रे ले नेपालको राजालाई चार वटा आरोप लगाएका छन् । रन्जित रे लेख्छन नेपाललाई हिन्दुराष्ट्र पनि बनाउन दिनुहुदैन, धर्म निरपेक्ष नै ठिक छ, किनकि त्यहाँ भएको मेरो साथी बरिस्ठ पत्रकार बिजय पाण्डेले भनेको हिन्दुराष्ट्रसगै राजा पनि झुण्डिएर आउछ
नेपालक राजालाई उनले लगाएका आरोप यस्ता छन
१. भारत र नेपाल बडा भाइ र छोटा भाइ हौ भन्दा त्यहाँको राजशाही रिसाउछ, यो सत्यलाई मान्दै मान्दैन
२. यहि राजाले हो चिनबाट अत्याधुनिक हतियार खरिद गरेको
३. २००५ मा बंगलादेशको ढाकामा भएको सार्क सम्मेलनमा चिनलाई सदस्य बनाउनुपर्छ भनेर प्रस्ताव गर्यो, त्यो त हामीले रोक्न सफल भयौ तर उ परिवेक्षकको रुपमा छिर्यो, जसको कारण आज सार्क निष्क्रिय छ
४. हाम्रो जासुसी सस्थाको एजेन्टहरुलाई सहज वातावरणमा काम गर्न यो राजाले दिएन ।