बिपी वाटिकामा कभर्डहल निर्माण
तनहुँ - व्यास नगरपालिका-३ स्थित बिपी वाटिकामा रु. ९६ लाख ६३ हजार सात सय ४७ को लागतमा कभर्डहल निर्माण भएको छ । कभर्डहल व्यास नगर ब्याडमिन्टन क्लबले निर्माण गरेको हो ।
कभर्डहल निर्माणका लागि व्यास नगरपालिकाले रु. ८७ लाख ८५ हजार दुई सय ३४ प्रदान गरेको थियो । जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको जग्गामा कभर्ड हल निर्माण भएको हो ।
क्लबले जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता पनि सञ्चालन गर्दै आएको छ । कभर्डहलको मंगलबार युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले उद्घाटन गरे ।
प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१ ०९:२७
प्रतिक्रिया दिनुहोस्