फेसबुक लाइभमा आएर चन्द्रागिरीमा एक व्यक्तिले गरे आत्मदाह प्रयास, कारण प्रेममा धोका
काठमाडौं– युवतीले धोका दिएको भनी चन्द्रागिरीका एक युवकले फेसबुक लाइभमा आएर आत्मदाहको प्रयास गरेका छन्। उनलाई उद्धार गरी प्रहरीले किर्तिपुरको बर्न अस्पताल लगेको छ।
मंगलबार राती साढे १२ बजेतिर स्थानीय उत्तम कार्कीले फेसबुक पेजमा लाइभ गरी आफ्नो शरीरमा आफैं आगो लगाएका थिए।
उनको हात र अनुहारमा जलेको छ। स्वास्थ्य अवस्था सामान्य छ।
एक युवतीले मानसिक तनाव दिएको, उनकै कारण आफू पक्राउ परेको, पारिवारिक सम्बन्ध बिथोलिएको, प्रहरीले आफ्नो कुरा नसुनेको र यी सबै कारणले कान नसुन्ने बुवा र आँखा नदेख्ने आमाले दुःख पाएको भन्दै अब बाँच्न नसक्ने बताएका थिए।
उनले दुःख दिएको भनिएकी युवतीको उजुरीको आधारमा यसअघि १८ दिन हिरासतमा बसेको र अभद्र व्यवहार मुद्दा खेपेको उल्लेख गरेका छन्।
प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१ १०:०१
प्रतिक्रिया दिनुहोस्