Nic Ad Nic Ad
Nic Ad Nic Ad

दिल्लीमा १२ बुँदे गरेर राजसंस्था हटाएकाहरू ज्ञानेन्द्रको स्वागतमा देखिएको योगीको तस्बिरसँग किन तर्सिए?

बुधबार, फागुन २८, २०८१

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत अन्य दलका नेताले ज्ञानेन्द्र शाहको स्वागतका क्रममा काठमाडौंमा देखिएको भारतका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको एउटा तस्बिरका बारेमा जिकिर र टिप्पणी गरेका थिए। 

samridhi jewllers

उक्त स्वागतमा योगीको तस्बिरको प्रसङ्गमा प्रचण्ड आफैंले पनि उक्त कार्यक्रम कताबाट प्रायोजित रहको भनी पत्ता लागि सकेको भनी चर्चा गरेका थिए। 

तर प्रचण्ड उनै हुन् जसले नयाँ दिल्लीमा शान्ति प्रक्रियाका नाममा १२ बुँदे समझदारी गरी राजसंस्था हटाउनका लागि आन्दोलनमा आह्वान गर्ने नेता मध्यका एक। 

भ्रष्टाचार र बेथितिको चरम अबस्थामा लैजाने मध्यका प्रचण्डले अहिलेका अवस्था आउनुमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको गतिविधि भएको पनि आरोप लगाएका थिए। 

तर त्यसको प्रतिवाद कांग्रेस महामन्त्री गगन थापा र एमाले सचिव गोकर्ण विष्टले सोही सदनमा गरेका थिए। तर यी दुवै जनाले योगी आदित्यनाथको तस्बिर राखिनुको कारण पनि खोजी गरेका थिए। 

उक्त तस्बिर राप्रपा नेपालका नेता प्रदीप विक्रम राणाले ल्याएका थिए। उनले अन्यलाई असर नपर्ने र विवादमा नआओस् भनी तस्बिरमा नाम समेत लेखेका थिए। योगी आदित्यनाथको तस्बिर एउटा मात्र थियो। 

‘हिन्दूत्वका संरक्षक भएका कारणले उहाँको तस्बिर ल्याइएको थियो अन्य कुनै गलत मनसाय थिएन’, राप्रपा नेपालका नेता भन्छन्,‘आफ्नो अक्षमता र राजाको लोकप्रियतासँग आत्तिएकाले यसलाई कारणका रुपमा व्याख्या गरे।’

भाजपा र त्यसमा पनि योगी आदित्यनाथ ज्ञानेन्द्रप्रति उदार देखिन्छन्। उनको मुख्यमन्त्रीको कार्यकालमा तीन पटक उत्तर प्रदेश बोलाएर ज्ञानेन्द्रलाई सम्मान गरिसकेका छन्। 

लोक सभाको सदस्य रहँदा विश्व हिन्दू महासंघको कार्यक्रममा पशुपतिनाथ मन्दिरमा आयोजित सभामा उनले खुलेर ज्ञानेन्द्रको पक्षमा बोलेनन् मात्र नेपाल एक मात्र हिन्दू राष्ट्र रहेको भनी स्थापनाका लागि आह्वान पनि गरेका थिए। 
 

प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  १०:३८
प्रतिक्रिया दिनुहोस्