Nic Ad Nic Ad
Nic Ad Nic Ad

बीपी राजमार्गको सिन्धुली खण्डको ठेक्का आह्वान

बुधबार, फागुन २८, २०८१

काठमाडौं - बीपी राजमार्ग अन्तर्गत नेपालथोकदेखि बर्खेखोला (सिन्धुली खण्ड) पुनर्निर्माणका लागि बोलपत्र आह्वान भएको छ । गत असोज १०–१३ गतेको बाढी पहिरोले क्षतिग्रस्त सडक पुनर्निर्माण गर्न सडक डिभिजन खाल्टेले बुधबार ठेक्का आह्वान गरेको हो ।

samridhi jewllers

संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपानेका अनुसार करिब ७२ करोडको ठेक्का आह्वान भएको छ । यो ठेक्का ३० दिनमा खोलिनेछ । बाँकी खण्डको क्रमशः ठेक्का आह्वान हुने उनले जानकारी दिएका छन् । उनले एक हप्ताभित्र सबै खण्डको ठेक्का आह्वान भइसक्ने जानकारी दिए । बीपी राजमार्ग पुनर्निर्माणका लागि बाँकी तीनवटा (काभ्रेतर्फका सबै) खण्ड को सडक डिभिजन भक्तपुरले ठेक्का लगाउने छ । अर्थ मन्त्रालयले गत फागनु ४ गते बीपी राजमार्ग पुनर्निर्माणका लागि ८ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको थियो ।

मनसुन सकिने बेलाको बाढी–पहिरोले बिपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको भकुन्डेबेसीदेखि नेपालथोकसम्म २८ किलोमिटर सडकमा क्षति पुर्‍याएको थियो । ८.७ किलोमिटर सडक त कटान नै गरेको थियो । सडक विभागले बाढी–पहिराले क्षति पुर्‍याएको बिपी राजमार्गको उक्त खण्ड अध्ययन गरी पुननिर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेको थियो । जसअनुसार पुनर्निर्माणका लागि १० अर्ब रुपैयाँ लाग्ने देखिएको थियो ।


संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका अनुसार अब बन्ने २८ किलोमिटर सडक डबल लेनको हुनेछ। नालासहित १० मिटर चौडा हुनेछ । सात मिटर चौडाइ कालोपत्र गरिने कार्यालयका प्रमुख न्यौपानेले जानकारी दिए । डिपिआर अनुसार उक्त सडकमा तीन सय एमएम (१ लाख ५ हजार ५०८.८८ घनमिटर) को सब–बेस, २५० एमएम (६५ हजार ३७२.६४ घनमिटर) को बेस, ७५ एमएमको वाटर बाउन्ड म्याडम र ४० एमएमको आसफाल्ट कालोपत्र गरिनेछ । तीन लाख ९६ हजार ३०२.८३ घनमिटर माटो कटिङ गर्नुपर्ने र ७ लाख ६४ हजार १७५.८८ घनमिटर पुर्नुपर्ने पनि विस्तृत परियोजना प्रतिवेदनले बताएको छ ।

असोजको बाढी–पहिरोपछि भत्किएको खण्ड अस्थायी डाइभर्सन गरेर १३ दिनमै सञ्चालनमा ल्याइएको थियो ।चौकीडाँडामा आधाआधी काम भएको छ । अब भोलिबाट पिप्लेमा डाइभर्सनको काम हुने जनाइएको छ ।उनकाअनुसार राजमार्ग मर्मतका लागि अहिले ८ वटा उपकरण प्रयोग भइरहेका छन् । जसमा एउटा डोजर र ७ वटा स्काभेटर प्रयोग भइरहेका छन् ।

बिपी राजमार्ग भएर अहिले दैनिक तीन हजार बढी सवारीसाधन ओहोरदोहोर गर्छन् । जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/०५४ देखि बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास एक सय ६० किलोमिटर सडक) निर्माण थालिएको थियो। खण्ड–खण्ड छुट्टयाएर २०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  १०:४२
प्रतिक्रिया दिनुहोस्