केन्द्रीय क्याम्पसमा कांग्रेसका विद्यार्थीको तामासा, किन लगाइदिए ताला?
काठमाडौं– केन्द्रीय क्याम्पस किर्तिपुरमा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघको आन्तरिक विवादले तालाबन्दी गरिएको छ। उनीहरुको तमासाका कारण स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचमा दखल पुग्ने बताइएको छ।
स्वतन्त्र विद्यार्थी युनियन स्ववियू निर्वाचन बागी उम्मेदवारी दर्ता गराएको आरोप लगाउँदै तालाबन्दी गरेको हो।
आधिकारिक रूपमा अध्यक्षमा अनोज कार्कीको नेतृत्वको टीम भएपनि नेविसंघ केन्द्रीय समितिको टिकट भन्दै नक्कली हस्ताक्षर र छाप लगाएर तोकिएको समय ५ बजेपछि मनोनयन दर्ता गरिएकोअ ारोप छ।
समयसीमा कटेपछि दिइएको निवेदनलाई विश्वविद्यालय क्याम्पसका निर्वाचन अधिकृतले आदिकल्चो फर्म लिएर बुझेकाले सो कुरा नसच्चिएसम्म तालाबन्दी गरिएको त्रिवि समितिका सभापति विष्णु बडैलालले बताए।
तालाबन्दीको अन्य विद्यार्थी संगठनले बिरोध गरेका छन्। नेवि संघको आन्तरिक विवादले क्याम्पस प्रशासनलाई दबाबमा राख्न नमिल्ने बताइएको छ।