ज्ञानेन्द्रको स्वागत र्यालीबारे भारतीय मिडियाहरूले किन गरे राजतन्त्रको चर्चा, कारण यस्तो छ
काठमाडौं– यसै साताको सुरुका दिनमा ज्ञानेन्द्र शाहको पोखराबाट काठमाडौंमा भएको सवारीका क्रममा स्वागत गरिएको भिँडबारे भारतीय मिडियामा व्यापक चर्चा भएको छ।
उनीहरुले १७ बर्षपछि नेपालमा राजतन्त्र फर्किन लागेको भनी चर्चा गरेका छन्।
एनडीटिभी इन्डियाले लेखेको छ,‘पूर्व राजा ज्ञानेन्द्र शाह काठमाडौं विमानस्थलबाट निस्कँदा “आउनुहोस् राजा, राष्ट्र बचाउनुहोस्“ भन्ने नारा गुञ्जियो।’
भारतको चर्चित अखबार दी इन्डियन एक्सप्रेसले पनि उक्त स्वागत गरिएको विषयमा ‘राजा ज्ञानेन्द्रको र्यालीमा योगी आदित्यनाथको पोस्टरले नेपालमा किन हंगामा मच्चाइरहेको छ?’ भन्ने शीर्षकमा समाचार प्रकाशित गरेको थियो।
राजालाई फर्किनको लागि अपिल गर्दै हजारौं मानिसहरु सडकमा उत्रिएको विषयमा टाइम्स अफ इन्डियाले समाचार बनाएको थियो।
उक्त र्यालीबारे विभिन्न कोणबाट विश्लेषण मात्र भएका छैनन् कि दल र खासगरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भारतले संरक्षण गरेको विषयमा पनि टिप्पणी हुन थालेका छन्।
यहि क्रममा भारतीय पत्रिका दी हिन्दूले कडा सुरक्षाबीच ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेको समाचार बनाएको थियो।