Nic Ad Nic Ad
Nic Ad Nic Ad

आरआरमा एमालेका विद्यार्थीद्वारा कुटिए स्वतन्त्र समूहका देवकोटा

बुधबार, फागुन २८, २०८१

काठमाडौं– रत्न राज्य (आरआर) क्याम्पसमा स्वतन्त्र विद्यार्थी समूहका सचिव पदका उम्मेदवार दीपक देवकोटालाई एमालेनिकट अनेरास्ववियुका विद्यार्थीले कुटपिट गरेका छन्। 

samridhi jewllers

कुटपिटबाट देवकोटा घाइते भएका छन्।

कुटपिट भएका देवकोटाको उपचार जारी रहेको विद्यार्थी बब्लु गुप्ताले जनाएका छन्। 

उनले भने,‘आरआर क्याम्पसमा स्वतन्त्र विद्यार्थी समूहका सचिव पद्का उम्मेदवार दीपक देवकोटालाई सत्ता निकट एमालेको अनेरास्वबियुले क्याम्पसको भित्र खेलकुद ग्राउन्डमा सामूहिक आक्रमण गरेको छ। यसको हामी घोर निन्दा गर्दछौँ।’ 

स्वतन्त्र विद्यार्थीसँग डराएर भौतिक आक्रमणमा उत्रीनु कयरता रहेको बताउँदै गुप्ताले देवकोटामाथि आक्रमण गर्नेलाई कारबाहीको माग गरेका छन्।
 

प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  १२:४५
प्रतिक्रिया दिनुहोस्