Nic Ad Nic Ad
Nic Ad Nic Ad

आफ्नो सम्पत्ति सार्वजनिक गर्न नसक्ने सरकारले कसरी सुशासनको कुरा गर्न सुहाउँछ : प्रभु साह

बुधबार, फागुन २८, २०८१

काठमाडौँ- सांसद प्रभु साहले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक नगर्ने सरकार सुशासनको प्रत्याभूति गर्न असमर्थ रहेको आरोप लगाएका छन्।

samridhi jewllers

प्रतिनिधिसभाको आजको बैठकमा ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि बोल्दै सांसद साहले सरकार नै अपारदर्शी हुँदा सुशासनको चर्चा गर्न उपयुक्त नहुने बताए।

“७ महिनासम्म मन्त्रीहरूको सम्पत्ति सार्वजनिक नगर्ने सरकारले कसरी सुशासनको कुरा गर्न सुहाउँछ?” भन्दै उनले प्रश्न गरे। साहले पारदर्शिता सुशासनको अनिवार्य शर्त भए पनि वर्तमान सरकार त्यसतर्फ प्रतिबद्ध नरहेको बताए।

उनले सरकारमाथि भ्रष्टाचारको आडमा सम्पत्ति वैध बनाउने प्रयत्न गरेको गम्भीर आरोप समेत लगाए। “भ्रष्टाचार गरेर जम्मा पारिएको सम्पत्तिलाई वैधता दिनकै लागि विधेयक ल्याउन खोजिएको हो कि भन्ने आशंका उब्जिएको छ,” उनले भने।

सांसद साहको भनाइसँगै संसद्‌मा सरकारको पारदर्शिता र सुशासन प्रतिको प्रतिवद्धता प्रश्नको घेरामा परेको छ।

प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  १३:३८
प्रतिक्रिया दिनुहोस्