चाँगुनारायण हत्या प्रकरणमा बादल तामाङ जेल चलान
काठमाडौं– भक्तपुरको चाँगुनारायणमा मृत फेला परेका किशोर निरज लामा हत्या प्रकरणमा उनका साथी बादल तामाङ जेल चलान भएका छन्।
चाँगुनारायण नगरपालिका–४ खोरियास्थित एक घरमा निरज मृत भेटिएका थिए।
६ फागुनमा बादलको घरमा १९ वर्षीय निरज मृत भेटिएका थिए। त्यसपछि अनुसन्धानका लागि भन्दै प्रहरीले बादललाई पक्राउ गरेको थियो। उनीविरुद्ध भक्तपुर जिल्ला अदालतमा कर्तव्य ज्यानको कसुरमा मुद्दा दर्ता भएको थियो।
न्यायाधीश दिलिपराज पन्तको इजलासले बादललाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो।
प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१ १४:०३
प्रतिक्रिया दिनुहोस्