नेभिगेशन
सुरक्षा–अपराध

पेस्तोल र लागुऔषधसहित पक्राउ गरिएका जोशी ५ पटकसम्म पनि सुध्रिएनन् 

काठमाडौं– पेस्तोल र लागुऔषधसहित प्रहरीले काठमाडौं महानगरपालिका–२० का ३३ वर्षीय सुदन जोशीलाई छठौं पटक पक्राउ गरेको छ। 
उनी पाँच पटकसम्म पनि नसुध्रिएको आपराधिक रेकर्डले देखाउँछ। 

जोशीमाथि अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको अनुमति पाएको छ।

जोशीको साथबाट प्रहरीले एक थान पेस्तोल, दुई थान म्याग्जिन, १० राउन्ड गोली, २५० ग्राम लागुऔषध पोल्यान्ड बरामद गरेको छ।

यसरी नै डिजिटल तराजु, विभिन्न कम्पनीका सात थान मोबाइलसमेत बरामद गरिएको थियो। 

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट जोशी यसअघिसमेत विभिन्न अपराधका घटनामा संलग्न भएको खुलेको छ। जोशीलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले २०६१ भदौ र २०६८ साउनमा समेत अभद्र व्यवहार कसुरमा पक्राउ गरेर मुद्दा चलाएको थियो।

यसरी नै प्रहरी वृत्त कालिमाटीको टोलीले २०६७ र ०६८ मा समेत पक्राउ गरेको खुलेको छ। त्यसअघि, ०७४ चैतमा समेत उनी लागुऔषध मुद्दामा पक्राउ परेका थिए।

यसपटक भने जोशी लागुऔषध र पेस्तोलसहित नै पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका–२० मा घर भए पनि उनी पछिल्लो समय गोकर्णेश्वर नगरपालिका–२ मा कोठा भाडामा लिएर बस्ने गरेका थिए।

प्रहरीको अनुसन्धान क्रममा पछिल्लो समय विभिन्न व्यक्ति प्रयोग गरेर उनी लागुऔषध कारोबार गर्ने गरेको खुलेको छ। उनका अन्य अपराधका रेकर्ड समेत खोजी कार्य भैरहेको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

२४४ किलो गाँजासहित १ जना पक्राउ