Nic Ad Nic Ad
Nic Ad Nic Ad

१७ अंकले बढ्यो नेप्से

बुधबार, फागुन २८, २०८१

काठमाडौं– शेयर बजारमा १० दिन पछि फेरि रौनक फर्किएको छ । आज बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १७.२८ अंकले बढेसँगै बजारमा रौनक फर्किएको हो । 

samridhi jewllers

यसअघि फागुन १८ गते नेप्से ७५.२४ अंकले बढेको थियो । त्यसपछि भने लगातार घटिरहेको नेप्से आज नेप्से ०.६३ प्रतिशतले बढेर २७३६.४८ विन्दुमा पुगेको हो । 

नेप्से बढ्दा ८ अर्ब २३ करोड ५३ लाख ६८ हजार रुपैयाँ बराबरको २ करोड २९ लाख ४१ हजार ३६५ कित्ता शेयर कारोबार भएको छ। 

यस्तै १४६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ८८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १० वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३२३ वटा कम्पनी कारोबारमा आउँदा ७९ हजार २३६ पटक शेयर किनबेच भएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  १५:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
३२ अंकले घट्यो नेप्से
मंगलबार, फागुन २७, २०८१

नेप्से साढे २० अंकले घट्यो
सोमबार, फागुन २६, २०८१