BREAKING : राजागन्जको सेन्सर पास, समयमै रिलिजको बाटो यसरी खुल्यो
काठमाडौ - दीपक रौनियार निर्देशित फिल्म ‘राजागंज’अन्ततः सेन्सर पास भएको छ ।
केही दृश्य र संवादमा आपत्ती जनाउँदै केन्द्रीय चलचित्र जाँच समितिले प्रदर्शन गर्न अनुमति नदिएपछि केही गालीगलौजका संवादसहित केही दृश्य सम्पादन पश्चात ‘युनिभर्सल’ सर्टिफिकेट सहित प्रदर्शन गर्न अनुमति पाएको हो ।
यसअघि विशेषगरी बोर्डले २०७२ सालमा एमालेको अध्यक्षको रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट बाहिरिने मधेशी दलहरूलाई ‘रुखबाट झरेका दुई–तीनटा आँप’को संज्ञा दिएको दृश्य फिल्ममा समावेश गरिएकोमा आपत्ति जनाएको थियोे ।
‘राजागञ्ज’ यसवर्षको भेनिस फिल्म फेस्टिभलमा वल्र्ड प्रिमियर भैसकेको छ । यो फेस्टिभलमा फिल्मले १० मिनेट लामो स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको छ । चर्चित मिडिया र क्रिटिकले फिल्मको प्रशंसा गरेका छन् ।
मधेशको परिवेशमा खिचिएको फिल्मले सभासदका छोरासहित २ बच्चा अपहरणमा परेपछि तिनलाई मुक्त गर्न प्रहरीले चालेको खोजी अप्र्रेसनको कथा भन्छ । आशा मगरातीले शीर्ष भूमिका निर्वाह गरेको फिल्ममा दयाहाङ राई, विजय बराल, निकिता चाण्डक लगायतको अभिनय छ । फिल्म चैत १ गते शुक्रबारदेखि प्रदर्शन तयारीमा छ ।