Nic Ad Nic Ad
Nic Ad Nic Ad

क्यानको वर्गीकरणमा सन्दीपसहित यी क्रीकेटर छन् ग्रेड एमा, को को झरे ग्रेड बीमा?

बुधबार, फागुन २८, २०८१

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीहरूको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ।

samridhi jewllers

क्यानले बुधबार सार्वजनिक गरेको वर्गीकरणअनुसार पुरुषतर्फ ग्रेड ‘ए’ मा कप्तान रोहितकुमार पौडेलसहित दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, आसिफ शेख र सन्दीप लामिछानेसहित पाँच खेलाडी छन्।

नाबालिक बलात्कारको मुद्दा खेपेर ग्रेडविहीन भएका सन्दीप पुन: वर्गीकरणमा परेका हुन्। यस्तै, यसअघि ग्रेड ‘ए’ मा रहेका करण केसी र कुशल भुर्तेल भने घटुवामा परेका छन्।

ग्रेड ‘ए’ मा रहने खेलाडीले मासिक एक लाख रुपैयाँ तलब पाउने छन्। ग्रेड ‘बी’ मा रहने खेलाडीले भने ७० हजार रुपैयाँ पाउने छन्। 

ग्रेड ‘बी’ मा कुशल र करणसँगै गुल्शनकुमार झा, ललितनारायण राजवंशी र अनिकुमार शाह छन्। ललित यसअघि पनि यही ग्रेडमा थिए। अनिललाई भने पहिलोपल्ट क्यानले वर्गीकरणमा समेटेको हो।

यस्तै, यसअघि ग्रेड ‘बी’ मा रहेका अलराउन्डर कुशल मल्लसँगै आरिफ शेखको घटुवामा परेका छन्। यी दुईसँगै सन्दीप जोरा र भीम सार्की ग्रेड ‘सी’ मा छन्।

Can_3(2)-1741788369.jpg
 

प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  १८:१३
प्रतिक्रिया दिनुहोस्