Nic Ad Nic Ad
Nic Ad Nic Ad

राजावादीविरुद्ध लाखौं जनता सडकमा उतारिन्छ : प्रचण्ड

बुधबार, फागुन २८, २०८१

रुपन्देही- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजावादीहरूको प्रदर्शनविरुद्ध लाखौं जनता सडकमा उतारेर खबरदारी गरिने बताएका छन् ।

samridhi jewllers

आइतबार पूर्वराजा पोखराको एक महिने बसाइपछि काठमाडौँ फर्किदा उनका समर्थकले काठमाडौँमा गरेको स्वागत र प्रदर्शनलाई लिएर प्रचण्डले यस्तो घोषणा गरेका हुन् ।

उनले भने, ‘व्यवस्थामाथि धावा बोल्न, भ्रष्ट र दलालहरू विभिन्न बहानामा जनताका अधिकार खोस्न लागिरहेका छन् । यसखाले सबै षड्यन्त्रलाई परास्त गर्दै जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्ने जिम्मेवारी माओवादीकै हो यसमा हामी कतै बिचलित हुने छैनौं ।’ अध्यक्ष प्रचण्डले राजनीति परिवर्तनमा उत्पीडित समुदायको ऐतिहासिक र निर्णायक भूमिका रहेको स्पष्ट गर्दै जातीय क्षेत्रीय मोर्चा र समाजवादी क्रान्तिको सम्बन्धबारे पार्टीले पहिलो पटक धारणा तय गरेको जानकारी दिए ।

अध्यक्ष प्रचण्डले कहिले एमाले र कांग्रेससँगै गठबन्धन गर्दा उनीहरूको रोग सरेकोले अब त्यो गल्ती नगर्ने प्रतिवद्धतासहित जनतासँग माफी मागेर मैदानमा आएको बताएका छन् । आज बुटवलमा मगर मुक्तिमोर्चाको छैटौं राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अब त्यो गल्ती नदोहोराउने र विगतमा मजदुर किसानसँग केही सम्बन्ध कमजोर भएकोले अब त्यसलाई सुधारेर जाने तर हिंसात्मक होइन शान्तिपूर्ण अभियान चलाउने जनाए ।

‘सदन र सडकबाट भण्डाफोर अभियानमा छौं, तर रौतहटमा आउँदा सरकारको गलत क्रियाकलापले इतिहासबाट परास्त समूहले चुनौती दिएकाले काठमाडौं गएर विरोध गरेका छौं’ उनले भने, ‘अहिलेको सबै अधिकारको जननी माओवादी हो, त्यसका रक्षा गर्ने जिम्मेवारी पनि हो, धमिलो पानीमा माछा मार्ने चलखेल सफल हुँदैन, दलालको इशारामा सरकारले जनतालाई सताउन दिँदैनौ ।’ उनले सरकारविरूद्ध कडा आलोचना गरे ।

‘हामीले नेतृत्व गरेको सरकारले भ्रष्टाचारको फाइल खोलिरहेको थियो, देशव्यापी सकारात्मक काम भएको थियो, भारत, चीन युरोपसँग कुटनैतिक मर्यादा बनाएको थियो, सबैलाई सम्झना होला’, उनले भने, ‘अन्तर्राष्ट्रिय मञ्चमा हामी अब्बल थियौ, हाम्रो धारणाले प्रशंसा पाएको थियो तर त्यो आन्दोलनको धेरैलाई मन परेको थिएन, संविधान मिचेर षड्यन्त्रमूलक तरिकाले सरकारबाट बाहिर फालिएको हो, मैले अन्तिमपटक सदनमा पनि भनेको थिएँ त्यो व्यवहारविरूद्ध झापड दिने बताएको थिएँ अहिले तराईमा त्यो अभियान चलाएका छौं ।’ अध्यक्ष प्रचण्डले भने, ‘कुलमान मैले नियुक्ति गरेको हो, उनकै कारणले देश उज्यालो भएको हो । परिवर्तन उल्टाउने र गलत गर्ने कसैलाई छुट दिँदैनौ ।’

प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  १८:५७
प्रतिक्रिया दिनुहोस्