नेभिगेशन
सुरक्षा–अपराध

मापसे र लापसे गर्नुभएको छ? सवारी चलाउन बन्द गर्नुस्

काठमाडौं– उपत्यका ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मादक पदार्थ सेवन (मापसे) र लागु पदार्थ सेवन (लापसे) गर्नेलाई चेकिङ थालेको छ।

होलीको बाहनामा बिहीबार बिहानैदेखि मापसे र लापसे गर्नेलाई कारबाही थालिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

मापसे र लापसे गरी सवारी चलाएको फेला परेमा आफन्तको जिम्मा लगाइने र सवारी साधन दिनभरि चलाउन नपाइने गरी नियन्त्रणमा लिइने रणनीति ट्राफिक प्रहरीले अपनाएको छ।

‘चिट काटेर जरिवाना लिने हैन, आज त सवारी साधन नै राख्छौं’, ट्राफिक प्रहरी प्रमुख एसएसपी विनेद घिमिरेले भने। 

उपत्यकाका विभिन्न स्थानमा त्यस्ता चालकले चलाउने सवारी साधन राख्नका लागि ठाउँ बनाइएको उनले बताए।

ट्राफिकले उपत्यकाका तीनै जिल्ला प्रहरी परिसरसँग समन्वय गरेर चेकिङ टोली खटाएको छ।

होलीका अवसरमा काठमाडौंको बसन्तपुर दरबार स्क्वायर, दरबारमार्ग, ठमेलसहितका विभिन्न १९ स्थानमा हुने कार्यक्रमलाई दृष्टिगत गर्दै विशेष सुरक्षा योजना बनाइएको छ। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध