नेभिगेशन
मनोरञ्जन

मधेस आन्दोलनको कथा उठाएको ‘राजागञ्ज’ : प्रिमियरमा नेता र कलाकारको ओइरो

काठमाडौं– सेन्सरको झमेलाका कारणले पनि रिलिजका विषयमा अन्यौलग्रस्त बनिसकेको फिल्म राजागञ्ज निर्धारित समयअनुसार शुक्रबार रिलिज हुने निश्चितताबीच बुधबार प्रिमियर भएको छ।

प्रिमियर शोमा नेता र कलाकारको ओइरो लागेको थियो भने अन्य जस्तै स्वभाविक र सकारात्मक टिप्पणी पाएको छ। 

बुधबार काठमाडौं कमलपोखरीस्थित बिग मुभिजमा भव्य प्रिमियर शोको आयोजना गरिएको थियो।

प्रिमियर शोमा सिनेमा हेर्न पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, महिला नेत्री हिसिला यमी, प्रतिनिधि सभा सांसद अमरेश कुमार सिंह, निर्देशक नवीन सुब्बा, लेखक तथा निर्देशक मनोज पण्डित, निर्देशक दीपेन्द्र लामा, अभिनेत्री केकी अधिकारी, रीमा विश्वकर्मा, लुनिभा तुलाधर, शिल्पा मास्के र अभिनेता नाजिर हुसेन र सिनेमाको निर्माण टीम तथा कलाकार अनि पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो।

सिनेमा हेरे निस्कँदै गर्दा प्रिमियर शोमा उपस्थितहरुले सिनेमा उत्कृष्ट बनेको प्रतिक्रिया दिएका थिए। यो सिनेमाले मधेस आनदोलनको क्रममा उत्पन्न मधेसी र पहाडी समुदायबीच घटित विभिन्न घटना क्रमलाई सुक्ष्म ढंगले देखाइएको प्रतिक्रिया मिलेको थियो। विश्वका प्रसिद्ध सिनेमा महोत्सवमा रिलिज भैसकेको सिनेमाले नेपाली दर्शकमाझ आउनु पूर्व मिलेको प्रतिक्रियाले व्यापारमा समेत फाइदा पुग्ने विश्वास निर्माण टीमलाई छ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ‘राजागञ्ज’ मधेस आन्दोलनको सेरोफेरोमा निर्माण भएको र आफू त्यसको प्रत्यक्ष साक्षी भएको नाताले यो सिनेमा धेरै वस्तुवादी तथ्य परक भएको बताए। 

‘मलाई दुख के लाग्यो भने जुन सिनेमामा आज हामीले हेर्न पायौं पुर्ण रुपमा त्यसका केही महत्वपुर्ण अंशहरु काटिएको छ भन्ने सुने। मैले बुझे अनुसार अब कति काटिएको हो, तर त्यो मुख्य अंश काटिएको हो भने त्यो त सिनेमाको काउकै काटिए जस्तो हुन्छ,’ पूर्वप्रधानमन्त्री भट्टराईले भने।

यस्तै, अभिनेत्री केकी अधिकारी र रीमा विश्वकर्माले पनि सिनेमा राम्रो बनेकाले सम्पूर्ण नेपाली सिनेमाप्रेमी दर्शकलाई ‘राजागञ्ज’ हेर्न सिफारिस गरे। 

अभिनेता नाजिर हुनेनले पनि मधेस आन्दोलनको कथा उत्कृष्ट रहेको भन्दै जति मधेसी र पहाडीबीच विभेद छ त्यति नै मेधेसी मेधेसीबीच पनि विभेद रहेकाले त्यस्ता कुरालाई अन्त्य गर्न आवश्यक रहेको बताए। 

सिनेमाका मुख्य अभिनेता दयाहाङ राईले सिनेमाका विभिन्ने लेयर हेर्न पाउने बताए। ‘आज जति जनाले पनि हेर्नु भएको छ, सवैले राम्रो प्रतिक्रिया दिनु भएको छ। भोली शुक्रबारबाट रिलिज हुँदैछ। आशा गारौं दर्शकलाई पनि मन पर्नेछ’, उनले भने।

निर्देशक दीपक रौनियारले सिनेमा सेन्सर झमेलामा केही दुख लागेपनि अहिले प्रिमियर शोमा मिलेको प्रतिक्रियाले खुशी मिलेको बताए। आफुले देखाउन खोजेको सवै कुरा दर्शकलाई शुक्रबारबाट देखाउन नपाउने हुँदा केही दुख त अवश्य लाग्छ। तर, हामीले जेजती देखाएका छौं दर्शकलाई मन पर्छ होला भन्ने अपेक्षा छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय