निजामति (सिभिल) अस्पतालको कार्यकारी प्रमुखमा डा. रेग्मी नियुक्त
काठमाडौं– निजामती कर्मचारी अस्पताल (सिभिल सर्भिस हस्पिटल)को कार्यकारी निर्देशकमा डा. मोहनचन्द्र रेग्मी नियुक्त भएका छन्।
बुधवार बसेको निजामती कर्मचारी अस्पताल विकास समितिको बैठकले रेग्मीलाई कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
निर्देशकका लागि डा रेग्मीसहित डा रुद्र मरासिनी र डा प्रमोद यादवको नाम सिफारिस भएको थियो।
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१ ११:५२
प्रतिक्रिया दिनुहोस्