२७ सय प्रहरीले ९० ठाउँमा चेकिङ गरेका छन्, होलीमा हुलदुङ्गा गर्न पाइन्न!
काठमाडौं– उपत्यका प्रहरी कार्यालय मातहत तीन जिल्लामा २७ सय प्रहरी कर्मचारीले ९० ठाउँमा चेकिङ गरिरहेका छन्।
होलीमा हुलदुङ्गा मच्चिन नदिनका लागि सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी अधिकारीले बताएका छन्।
होली पर्वको अवसरमा मानिसहरुले उच्छृंखल गतिविधि गर्ने, जथभाबि लोला हान्ने, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने लगायतका गतिविधिहरु हुने भएकाले प्रहरीले चेकजाँचमा कडाइ गरेको हो।
काठमाडौं उपत्यकाका थापाथली, त्रिपुरेश्वर, न्युरोड, कान्तिपथ, दरबारमार्ग, भद्रकाली, बग्गीखाना लगायतका स्थानमा चेकिङ पोष्ट राखिएको छ।
होली कार्यक्रम स्थल र अन्य सार्वजनिक स्थलमा प्रहरीले सीसीटीभी र ड्रोनबाट पनि निगरानी गरिरहेको छ।
नेपाल प्रहरीले होली खेल्नेक्रममा अनुशासित र मर्यादित हुन आग्रह गरेको छ।
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१ १२:३४
प्रतिक्रिया दिनुहोस्