Nic Ad Nic Ad
Nic Ad Nic Ad

हात्तीको आक्रमणबाट वृद्धको मृत्युपछि स्थानीयले गरे राजमार्ग बन्द

बिहीबार, फागुन २९, २०८१

काठमाडौँ- बर्दियामा जंगली हात्तीको आक्रमणबाट स्थानीयको मृत्यु भएपछि आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । भुरीगाउँ-चिसापानी सडक खण्डको बलाटी भन्ने ठाउँमा स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेका हुन् ।

samridhi jewllers

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको लागि दिगो समाधान खोज्न उनीहरूको माग छ । अहिले लामो तथा छोटो दूरीको यातायात ठप्प भएको छ । सडक सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खटिएका छन् ।

यसैबीच, सडक अवरुद्ध खुलाउन स्थानीय बासीसँग वार्ता गरी बाटो खुलाउन प्रयास भइरहेको छ । बर्दिया राष्ट्रिय निकुञ्ज प्रशासन र स्थानीयवासी वार्ता गरी राजमार्ग खुलाउन प्रयास भइरहेको छ।

गएराति ठाकुरबाबा नगरपालिका-२, बलाटीका ७१ वर्षीय बोलिराम थारुको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । राति आफ्नो घर नजिकैको खेतमा हात्तीले गहुँ खाएको थाहा पाएपछि धपाउन निस्केका थारुको हात्तीले आक्रमण गरेर मृत्यु भएको थियो ।

प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१  १४:३५
प्रतिक्रिया दिनुहोस्