Nic Ad Nic Ad
Nic Ad Nic Ad

रास्वपा केन्द्रीय सदस्य कार्कीले सम्झाए जलेश्वर बैठकको निर्णय: गणतन्त्र निर्णय हो, ऋतुजस्तो फेरिन्न

बिहीबार, फागुन २९, २०८१

काठमाडौ -रास्वपाको आधिकारिक लाईन लोकतान्त्रिक गणतन्त्र रहेको जलेश्वर बैठकको निर्णय केन्द्रीय सदस्य गणेश कार्कीले सम्झाएका छन्।

samridhi jewllers

उनले सामाजिक संजालमा यस्तो लेखेका छन्

ज्ञानेन्द्र शाहको पक्षमा राजावादीको विशाल स्वागत र्याली देखिएको अवस्थामा रास्वपाको लाइनका बारेमा प्रश्न उठेपछि कार्कीले जलेश्वर बैठकको दस्तावेज सार्वजनिक गरेका हुन्।

रास्वपाका नेता गणेश प्रस्तावनामा प्रष्ट लेखिएको छ कि रास्वपाले पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली चाहन्छ । हजारौं पटक भनेका छौँ कि हामीलाई व्यवस्था हैन, अवस्था फेर्नु छ ।

गणतन्त्रका विषयमा पार्टीको धारणा चाहनेहरूले दस्तावेज पढिदिनु होला । नेताका भाषण सुनिदिनु होला । 

दस्तावेज र विचार ऋतु जस्तो फेरिदैन

FB_IMG_1741859848964-1741862123.jpg
 

प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१  १४:४१
प्रतिक्रिया दिनुहोस्