एसइईको तयारी पूरा
काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) ले २०८१ को माध्यामिक शिक्षा परीक्षा (एसइई) को तयारी पूरा भएको जनाएको छ ।
आगामी ७ चैतमा हुने परीक्षाका लागि प्रश्न पत्र र उत्तर पुस्तिका केन्द्रमा पुगिसकेको र केही ठाउँमा पुग्ने क्रममा रहेको बोर्डले जनाएको छ ।
पछिल्लो तथ्यांक अनुसार परीक्षामा सामेल हुने विद्यार्थीको संख्या ५ लाख ८ हजार ३ सय ९० कायम भएको छ । परीक्षाका लागि ५ लाख २२ हजारले फारम भरेका थिए ।
परीक्षा नियन्त्रक कार्यालयका अनुसार २ हजार ७९ परीक्षा केन्द्र तोकिएको छ । सुरक्षाको व्यवस्था केन्द्रमा जिल्ला स्थित सुरक्षा निकायले मिलाउने छ ।
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१ १५:५८
प्रतिक्रिया दिनुहोस्