Nic Ad Nic Ad
Nic Ad Nic Ad

युक्रेन युद्धविरामको सम्भावनाप्रति आशावादी ट्रम्प

बिहीबार, फागुन २९, २०८१

काठमाडौं- किएभ र मस्कोले बिहीबार बिहानै ताजा हवाई आक्रमणहरू सुरु गरे पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी वार्ताकारहरूले युक्रेन युद्धमा युद्धविराम सुरक्षित गर्न सक्ने आशा व्यक्त गरेका छन् ।

samridhi jewllers

संयुक्त राज्य अमेरिकाले रुसलाई बिना कुनै शर्त शत्रुतालाई रोक्न सहमत होस् भन्ने चाहेको अधिकारीहरूले बुधबार बताएका छन् ।

क्रेमलिनले यस साता सहमत भएको अमेरिकी–युक्रेनी प्रस्तावको विवरणको प्रतीक्षा गरिरहेको बताएको छ र विगत तीन वर्षमा दशौँ हजारलाई मृत्युको मुखमा पुर्‍याएको लडाइँ रोक्ने आफ्नो तत्परताको कुनै संकेत दिएको छैन ।

राष्ट्रपति भ्लादिमिर पुटिनले गत वर्षको आक्रमणमा रूसी क्षेत्र कब्जा गर्न लडिरहेका युक्रेनी सेनाहरू विरुद्ध लाभ हासिल गरेका रूसी सेनाहरूको भ्रमण गरेका थिए । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आफ्नो देश सम्झौता गर्न तयार रहेको बताए । पुटिनले सम्झौता गर्न अस्वीकार गरेमा अमेरिकाले ‘कडा’ प्रतिक्रिया दिने संकेत दिएको छ ।

‘हामी अहिले बोलिरहेकै बेला मानिसहरू रुस गइरहेका छन् र आशा छ कि हामी रुसबाट युद्धविराम प्राप्त गर्न सक्छौँ’, ट्रम्पले आयरल्यान्डका प्रधानमन्त्री माइकल मार्टिनसँगको ओभल अफिस बैठकका क्रममा पत्रकारहरूलाई भने । ह्वाइट हाउसले गाजा र युक्रेन युद्धका मध्यस्थकर्ता ट्रम्पका दूत स्टिभ विटकोफ यस हप्ता मस्कोमा हुने बताएको छ । बुधबार ट्रम्पले पुटिनसँग कुरा गर्ने कि नगर्ने उल्लेख गरेनन् तर मस्कोबाट ‘सकारात्मक सन्देश’ आएको भन्दै भने, ‘मलाई आशा छ कि उहाँले युद्धविराम गर्नु हुनेछ ।’

भयानक रक्तपात
‘यदि लडाइँ रोक्न सकियो भने मलाई लाग्छ यो भयानक रक्तपात अन्त्य गर्ने ८० प्रतिशत बाटो हुनेछ’, ट्रम्पले भने । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वासिङ्टनले मस्कोको सहमति बिना कुनै शर्त चाहेको बताए । ‘यही कुरा हामी जान्न चाहन्छौँ – यदि उनीहरू बिना शर्त यो गर्न तयार छन् भने’, क्यानडामा जी७ बैठकमा जाने विमानमा रुबियो भने, ‘यदि जवाफमा ‘हो’ भने, त्यसपछि हामीलाई थाहा छ कि हामीले वास्तविक प्रगति गरेका छौँ र शान्तिको वास्तविक सम्भावना छ । यदि उनीहरूको जवाफमा ‘होइन’ भने, यो अत्यन्त दुर्भाग्यपूर्ण हुनेछ र यसले उनीहरूको अभिप्राय स्पष्ट पार्नेछ ।’

रूसी समाचार एजेन्सीहरूले पहिले नै सिआइए र रुसको एसभिआर विदेशी गुप्तचर एजेन्सीका प्रमुखहरूले केही वर्षमा पहिलो पटक फोन वार्ता गरेको खबर दिएका थिए । रुबियोले क्यानाडाको चार्लोभिक्समा भएको जी७ बैठकमा पहलको बारेमा अपडेट दिने तय थियो । फ्रान्स, बेलायत, जर्मनी, इटली र पोल्यान्डका रक्षामन्त्रीहरू पेरिसमा भेला भएर उनीहरूले युक्रेन र कुनै पनि युद्धविरामलाई कसरी समर्थन गर्न सक्छन् भन्ने बारे छलफल गरेका थिए ।

मङ्गलबार साउदी अरेबियामा भएको बैठकमा सहमत भएको अमेरिका–युक्रेन प्रस्तावमा क्रेमलिनले तत्काल कुनै टिप्पणी नगरेको बेला रुसी विदेश मन्त्रालयले यस महिनाको सुरुमा अस्थायी युद्धविराम अस्वीकार्य हुने बताएको थियो ।ट्रम्पले रुसले सम्झौता गर्न अस्वीकार गरेमा ‘विनाशकारी’ प्रतिबन्धहरू लाग्न सक्ने बताए । ‘म आर्थिक रूपमा यस्ता कुराहरू गर्न सक्छु जुन रुसका लागि धेरै नराम्रो हुनेछ । म त्यसो गर्न चाहन्न किनभने म शान्ति चाहन्छु’, उनले भने ।

हामीमध्ये कसैले पनि रूसीहरूलाई विश्वास गर्दैनौं
पछिल्लो नाटकीय कूटनीतिक मोड ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्कीको अमेरिकी सहायताप्रतिको कृतज्ञताको कमीको गुनासो गर्दै उहाँलाई ह्वाइट हाउसबाट निकालेको दुई हप्ताभन्दा कम समयमा आएको हो । ट्रम्पले किएभसँगको सैन्य सहायता र गुप्तचर साझेदारी रोके तर मङ्गलबार युद्धविराम प्रस्तावमा सहमति जनाएपछि त्यो फेरि सुरु भयो । ट्रम्पले जेलेन्स्कीलाई ह्वाइट हाउसमा फेरि स्वागत गर्न तयार रहेको र यस हप्ता पुटिनसँग कुरा गर्न सक्ने अनुमान गरेको पहिले नै बताएका थिए ।

किएभमा जेलेन्स्कीले यदि मस्कोले युद्धविराम स्वीकार गरेन भने संयुक्त राज्य अमेरिकाले त्यसमाथि दबाब दिने बताएका छन् । ‘म बुझ्छु कि हामी कडा कदमहरूमा भरोसा गर्न सक्छौं । मलाई अझै विवरण थाहा छैन तर हामी प्रतिबन्ध र युक्रेनलाई बलियो बनाउने बारेमा कुरा गरिरहेका छौं’, जेलेन्स्कीले पत्रकारहरूलाई भने, ‘सबै कुरा रुसले युद्धविराम र शान्ति चाहन्छ वा मानिसहरूको हत्या जारी राख्न चाहन्छ भन्ने कुरामा निर्भर गर्दछ ।’

उनले युक्रेनीहरूलाई लडाइँ रोकिनेछ भन्ने विश्वास नभएको बताए । ‘मैले यसलाई धेरै पटक जोड दिएको छु, हामीमध्ये कसैले पनि रुसीहरूलाई विश्वास गर्दैनौँ’, उनले भने । युक्रेनले युद्धको मैदानमा बढ्दो पीडा भोगिरहेको छ र देशको पूर्व र दक्षिणमा जमिन गुमाएको छ । त्यहाँँ अधिकारीहरूले बुधबार आठ जनाको मृत्यु भएको बताएका छन् । रुसले पनि गत अगस्टमा आश्चर्यजनक आक्रमण गरेका युक्रेनी सैनिकहरूलाई पछि धकेल्दै आफ्नो पश्चिमी कुस्र्क क्षेत्रमा पुनः भूमि फिर्ता पाएको छ ।

बुधबार रुसी टेलिभिजनमा पुटिनलाई कुस्र्कमा सेनाले भ्रमण गरेको देखाइएको थियो । ‘म यस तथ्यमा भर पर्दैछु कि हाम्रा एकाइहरूले सामना गर्ने सबै लडाइँ कार्यहरू पूरा हुनेछन् र कुस्र्क क्षेत्रको भूमि चाँडै नै शत्रुबाट पूर्ण रूपमा मुक्त हुनेछ’, पुटिनले भने । रुसी स्टाफका प्रमुख जनरल भ्यालेरी गेरासिमोभले चार सय ३० युक्रेनी सैनिकहरूलाई पक्राउ गरिएको बताए । पुटिनले उनीहरूलाई ‘आतंकवादी’ भने ।

युक्रेनी सैन्य कमान्डर–इन–चिफ जनरल ओलेक्जेन्डर सिस्कीले कुर्स्कमा केही सेना ‘बढी अनुकूल स्थिति’ मा फिर्ता भइरहेको संकेत गरे । तीन वर्षको युद्धका क्रममा किएभले मस्कोमा सबैभन्दा ठूलो प्रत्यक्ष आक्रमण गरेको दुई दिनपछि रुसले रातभरमा ७७ युक्रेनी ड्रोन खसालेको यसको रक्षा मन्त्रालयले बिहीबार बताएको छ । क्षेत्रीय सैन्य प्रशासनका प्रमुख रोमन म्रोचकोका अनुसार बिहीबार बिहान धेरै युक्रेनी धेरै सहरमा पनि आक्रमण भएको थियो र खेरसनमा ४२ वर्षीया महिलाको मृत्यु भएको थियो । किएभ र ड्निप्रोपेट्रोभस्कका अधिकारीहरूले पनि आक्रमणको सिकार भएको बताएका छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१  १७:३९
प्रतिक्रिया दिनुहोस्