Nic Ad Nic Ad
Nic Ad Nic Ad

कोशी प्रदेश प्रमुखद्वारा पाँच वटा विधेयक प्रमाणीकरण

बिहीबार, फागुन २९, २०८१
samridhi jewllers

काठमाडौँ- कोशी प्रदेश प्रमुख परशुराम खापुङले विभिन्न ५ वटा विधेयक प्रमाणीकरण गरेका छन् । 

कोशी प्रदेश सभाबाट पारित भई आएका विधेयक उनले नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम बिहीबार प्रमाणीकरण गरेका हुन् । 

प्रदेश प्रमुख खापुङले प्रदेश जीवनाशक विषादी व्यवस्था गर्न बनेको विधेयक-२०८१, प्रदेश बीउबिजनसम्बन्धि व्यवस्था गर्न बनेको विधेयक-२०८१, केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश-२०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयक-२०८१ , प्रदेश भवन ऐन-२०७६ लाई संशोधन गर्न बनेको विधेयक-२०८१ र कोशी प्रदेश प्रदेश वातावरण संरक्षण ऐन-२०७६ लाई संशोधन गर्न बनेको विधेयक-२०८१ प्रमाणित गरेका हुन् ।

प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१  २०:३०
प्रतिक्रिया दिनुहोस्