भक्तपुरमा स्कर्पियो दुर्घटना, आठ जना घाइते
भक्तपुर – भक्तपुरमा स्कर्पियो दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।
बिहीबार सुवर्णश्वबाट गुण्डुतर्फ जाँदै गरेको बीएए ०८३४ नम्बरको स्कर्पिओ सूर्यविनायक नगरपालिका–७, सुवर्णश्वरको ओरालोमा दुर्घटना भएके हो । तीव्र गतिका कारण अनियन्त्रित स्कर्पिओ सडकमा नै पल्टिएको थियो ।
दुर्घटनामा सुर्यविनायक नगरपालिका–५ कटुन्जे बस्ने २९ वर्षीय सविन अछामी, २८ वर्षका कमल अछामी, सुवोध अछामी, २५ वर्षीय विनोद खत्री, २२ वर्षीय राजेश पोखरेल,३५ वर्षका विवेक बस्नेत, २७ वर्षीय रूपा पन्त र २७ वर्षीय आशिष अछामी घाइते भएका छन्।
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१ २१:५१
प्रतिक्रिया दिनुहोस्