शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३८ रुपियाँ ९० पैसा र बिक्री दर १३९ रुपियाँ ५० पैसा कायम भएको छ।
युरोपियन युरो एकको खरिद दर १५० रुपियाँ ९५ पैसा र बिक्री दर १५१ रुपियाँ ६० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिद दर १७९ रुपियाँ ८५ पैसा र बिक्री दर १८० रुपियाँ ६२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिद दर १५७ रुपियाँ ४७ पैसा र बिक्री दर १५८ रुपियाँ १५ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपियाँ ३५ पैसा र बिक्री दर ८७ रुपियाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९६ रुपियाँ ६० पैसा र बिक्री दर ९७ रुपियाँ ०२ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०४ रुपियाँ ०१ पैसा र बिक्री दर १०४ रुपियाँ ४६ पैसा निर्धारण गरिएको छ।
यस्तै, जापानी येन १० को खरिद दर नौ रुपियाँ ३८ पैसा र बिक्री दर नौ रुपियाँ ४२ पैसा, चिनियाँ युआन एकको खरिद दर १९ रुपियाँ १७ पैसा र बिक्री दर १९ रुपियाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३७ रुपियाँ ०४ पैसा र बिक्री दर ३७ रुपियाँ २० पैसा, कतारी रियाल एकको खरिद दर ३८ रुपियाँ ११ पैसा र बिक्री दर ३८ रुपियाँ २७ पैसा कायम भएको छ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिद दर चार रुपियाँ ११ पैसा र बिक्री दर चार रुपियाँ १३ पैसा, युएई दिराम एकको खरिद दर ३७ रुपियाँ ८२ पैसा र बिक्री दर ३७ रुपियाँ ९८ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रुपियाँ ३० पैसा र बिक्री दर ३१ रुपियाँ ४३ पैसा, साउथ कोरियन वन १०० को खरिद दर नौ रुपियाँ ५४ पैसा र बिक्री दर नौ रुपियाँ ५९ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १३ रुपियाँ ६५ पैसा र बिक्री दर १३ रुपियाँ ७१ पैसा र डेनिस क्रोनर एकको खरिद दर २० रुपियाँ २४ पैसा र बिक्री दर २० रुपियाँ ३३ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिद दर १७ रुपियाँ ८७ पैसा र बिक्री दर १७ रुपियाँ ९५ पैसा, कुवेती दिनार एकको खरिद दर ४५० रुपियाँ ८४ पैसा र बिक्री दर ४५२ रुपियाँ ७९ पैसा, बहराइन दिनार एकको खरिद दर ३६८ रुपियाँ ४७ पैसा र बिक्री दर ३७० रुपियाँ ०७ पैसा, ओमनी रियाल एकको खरिद दर ३६० रुपियाँ ७९ पैसा र बिक्री दर ३६२ रुपियाँ ३५ पैसा रहेको छ। भारतीय रुपियाँ १०० को खरिद दर १६० रुपियाँ र बिक्री दर १६० रुपियाँ १५ पैसा तोकेको छ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।