Nic Ad Nic Ad
Nic Ad Nic Ad

युरोपा लिगको क्वाटरफाइनलको समीकरण पुरा

शुक्रबार, चैत १, २०८१

काठमाडौँ - यस सिजनको युइएफए युरोपा लिगको क्वाटरफाइनलको समीकरण पुरा भएको छ ।

samridhi jewllers

गएराती राउण्ड १६ का दोस्रो लिगका खेल सकिएसँगै यस सिजनको युरोपा लिगको क्वाटरफाइनलमा पुग्ने ८ क्लबको टुंगो लागेको हो ।

क्वाटरफाइनलमा पुग्ने ८ टिममा म्यानचेस्टर युनाइटेड, टोटनह्याम, एनट्रान्च फ्र्यान्कफर्ट, नर्वेजियन क्लब बोडो/ग्लिम्ट, इटालियन क्लब लाजियो, स्कटिस क्लब  रेन्जर्स, एथलेटिको बिल्बाओ र लियोन रहेका छन् ।

अब क्वाटरफाइनलमा म्यानचेस्टर युनाइटेडको सामना फ्रेन्च क्लब लियोनसँग हुने भएको छ भने टोटनह्यामको सामना जर्मनी क्लब एनट्रान्च फ्र्यान्कफर्टसँग हुने भएको छ । त्यस्तै लाजियोको सामना नर्वेजियन क्लब बोडो/ग्लिम्टसँग र  एथलेटिको बिल्बाओको सामना स्कटिस क्लब  रेन्जर्ससँग हुने भएको हो ।

क्वाटरफाइनलका खेलहरु पहिलो लिग अप्रिल १० र दोस्रो लिग अप्रिल १७ मा हुने छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  ०७:५०
प्रतिक्रिया दिनुहोस्